Like us!
Follow us!

गुराँस लाइफ इन्स्योरेन्स १४औं वर्षमा प्रवेश

गुराँस लाइफ इन्स्योरेन्स १४औं वर्षमा प्रवेश

लगानी खबर, काठमाडौँ - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १३औं वर्ष पुरा गरी १४औं वर्षमा प्रवेश गरेको छ ।

कम्पनीले २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा व्यवसाय सुरु गरेको थियो । वार्षिकोत्सवको अवसरमा कम्पनीले कम बीमा शुल्कमा अधिकतम् प्रतिफल दिने प्रतिवद्धता व्यक्त गरेको छ । साथै, आम जनताहरुमा बीमाको पहुँच पुर्याउन निरन्तर लागि पर्ने र आगामी दिनमा अझै सरल, छरितो, प्रविधिमैत्री बीमा सेवामार्फत अघि बढ्ने प्रतिवद्धता समेत जनाएको छ ।

कम्पनीले सञ्चालन अवधिको १४ वर्षको अवधीमा १० अर्बभन्दा बढिको जीवन बीमा कोष बनाउन सफल भइसकेको छ । एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले १३ वर्ष पूरा गर्दा सुनौलो भविष्यको रेखा कोर्न सफल भइसकेको छ ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १३ वर्ष पूरा गरी १४औं वर्ष प्रवेश गरेको अवसरमा ‘बीमा पनि बचत पनि, कम बीमा शुल्कमा उचित प्रतिफल पनि’ भन्ने नारालाई अघि सारेको छ ।

60b49b09a1ad9.jpg 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।