Like us!
Follow us!

४५.२५ अंकले घट्यो सेयर बजार, राधी विद्युतको सर्वाधिक कारोबार

४५.२५ अंकले घट्यो सेयर बजार, राधी विद्युतको सर्वाधिक कारोबार

लगानी खबर, काठमाडौँ -  आइतबार नेप्से सूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड बनाएकाेमा आज (साेमबार) भने सेयर बजार घटेकाे छ । साेमबार नेप्से दाेहाेराे अंकले घटेकाे हाे । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १२.५४ अंकले बढेर २८२७.९३ विन्दुमा पुग्दा कूल २१९ वटा कम्पनीकाे ४ कराेड २६ लाख ३६ हजार ३ सय ४८ कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २ सय ४५ रूपैयाँको कारोबार भएर नेप्से सूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड बनाएका थिए ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ४५.२५ अंकले घटेर २७८२.६८ मा पुगेकाे छ । नेप्से १.६० प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ६.५८ अंकले घटेर ५००.४७ मा पुगेको छ ।

कूल २१८ वटा कम्पनीकाे ३ कराेड ८ लाख ८८ हजार ६ सय ९५ कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब ९ करोड ९१ लाख १३ हजार २ सय ९१ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी काेषबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेकाे छ ।

त्यसैगरी, साेमबार राधी विद्युत कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ९१ कराेड ८ लाख एक सय ९२ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

साेमबार सर्वाधिक काराेबार हुने कम्पनीहरूमा क्रमश : राधी विद्युत कम्पनी लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड, ज्याेति विकास बैंक लिमिटेड, नेशनल हाइड्राेपावर कम्पनी लिमिटेड, अरूण काबेली पावर कम्पनी लिमिटेड, अपि पावर कम्पनी लिमिटेड, युनाइटेड माेदी हाइड्राेपावर र अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट लिमिटेड रहेका छन् ।

साेमबार सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा क्रमश : राधी विद्युत कम्पनी लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, १०% नबिल डिबेञ्चर २०८२, गाेर्खाज फाइनान्स, साेल्टी हाेटल, ज्याेति विकास बैंक लिमिटेड, ग्लाेबल आईएमइ सम्मुनत याेजना १ र १२% आइसिएफसी डिबेञ्चर २०८३ रहेका छन् ।

साेमबार सर्वाधिक नाफा गुमाउने कम्पनीहरूमा क्रमश : बरूण हाइड्राेपावर कम्पनी लिमिटेड, नेपाल हाइड्राे डेभलपर्स, छ्याङ्दी हाइड्राेपावर, माउन्टेन हाइड्राे नेपाल, रिडी हाइड्राेपावर डेभलपमेन्ट, दिव्यश्वरी हाइड्राेपावर, कालिका पावर कम्पनी लिमिटेड, हिमाल दाेलखा हाइड्राेपावर, बुटवल पावर कम्पनी र आँखुखाेला जलविद्युत रहेका छन् ।

 हेराैं आजकाे सेयर तालिका :

60b4b02d86d5e.jpg 60b4b031605cb.jpg 60b4b038279bb.jpg 60b4b03f69476.jpg 60b4b0496246c.jpg 60b4b054ddae7.jpg 60b4b05dcd424.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।