Like us!
Follow us!

बीमा समितिले दियो हिमालयन रि इन्स्योरेन्सलाई लाइसेन्स

बीमा समितिले दियो हिमालयन रि इन्स्योरेन्सलाई लाइसेन्स

लगानी खबर, काठमाडौं - बीमा समितिले हिमालयन पुनर्बीमा कम्पनी लिमिटेडलाई लाइसेन्स प्रदान गरेकाे छ । बीमा समितिको प्रस्तावमा अर्थमन्त्रालयले कम्पनीलाई प्रारम्भिक आशय पत्र प्रदान गरेको हो । याे सँगै अब कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्न पाउनेछ ।

हिमालय पुनर्बीमा कम्पनीमा नेपालका सफल व्यवसायिक व्यक्तित्वहरु नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान अध्यक्ष रहेका गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग वाणिज्य महासंघकाका पूर्वअध्यक्ष तथा मुरारका ग्रुपका पशुपति मुरारका, नेपाल  उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा,नेपाल परिसंघका वर्तमान अध्यक्ष लक्की ग्रुपका सतीश मोर ,शंकर ग्रुपका शाहील  अग्रवाल र सुलभ अग्रवाल,के एल दुगड् ग्रुपका विकास दुगड्, एमभी दुगड् ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता तथा अरु विभिन्न व्यावसायिक घरानाका व्यक्तिहरूकाे लगानी रहेको छ ।

बीमा समितिले पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएकाेले निजी क्षेत्रको लगानीमा थप एक पुनर्बीमा कम्पनी स्थापनाकाे कार्य अगाडि बढाउने प्रयोजनका लागि इच्छुक व्यक्ति तथा लगानीकर्ता  संस्थाबाट विभिन्न सर्तहरूकाे अधिनमा रही नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्ने सम्बन्धमा प्रस्ताव आह्वान गरेको थियाे । प्रस्तावकले पेस गरेका प्रस्तावहरूमध्ये समितिबाट तयार हुने मूल्यांकनका आधारहरूमा उच्चतम अंक प्राप्त गर्ने एक प्रस्तावकलाई मात्र छनोट गरिने भनिएकाे थियाे ।

नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि बीमा समितिले दिएको समयभित्र पाँच कम्पनीले प्रस्ताव गरेका थिए । अन्नपूर्ण रि–इन्स्योरेन्स, काठमाडौं रि–इन्स्योरेन्स, प्रुडेन्सियल रि–इन्स्योरेन्स, हिमालयन रि–इन्स्योरेन्स र जेन्युन रि–इन्स्योरेन्स गरी पाँच कम्पनीले लाइसेन्सका लागि आवेदन दिएका हुन् । जसमध्येबाट बीमा समितिले हिमालयन पुनर्बीमा कम्पनीलाई छनाेट गरेकाे हाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।