Like us!
Follow us!

गस्तीमा खटिएका प्रहरीले नै रक्सि चोरी गरेपछि ...

गस्तीमा खटिएका प्रहरीले नै रक्सि चोरी गरेपछि ...

लगानी खबर, काठमाडौं - सिरहामा रक्सी चोरेको आरोपमा एक प्रहरी सहायक निरीक्षक (असई) सहित ३ जना प्रहरी निलम्बनमा परेका छन्  । रक्सी चोरीको आरोप लागेका असई नवल किशोर ठाकुर, जवानद्वय अन्नु कुमार राय र नरेश कुमार रायलाई जिल्ला प्रहरी कार्यालय सिराहाले निलम्बन गरेको हो ।

लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा मदिरा पसलबाट भोड्का रक्सी चोरी गरेको आरोपमा उनीहरुलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

गत जेठ ९ गते गस्तीमा खटिएका उनीहरुले उक्त पसलमा मदिरा सेवन गरी हो–हल्ला गर्ने व्यक्तिहरु नियन्त्रणमा लिन लाग्दा पसलका सञ्चालक भागे र त्यहि मौकामा पसलबाट केही भोड्का रक्सी लिई गएको भिडियो सार्वजनिक भएको थियो ।

प्रहरीका आचरण विपरीत कार्य गरेको पाइएकाले प्रहरी नियमावली २०७१ बमोजिम तीनैजनालाई निलम्बन गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक  शालिग्राम शर्माले बताए। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।