Like us!
Follow us!

हकप्रद निर्णय प्रभाव : राधी विद्युतको सेयरमूल्यमा सकारात्मक सर्किट

हकप्रद निर्णय प्रभाव : राधी विद्युतको सेयरमूल्यमा सकारात्मक सर्किट

लगानी खबर, काठमाडौं - राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने निर्णय सार्वजनिक गरेसँगै कम्पनीकाे सेयरमूल्यमा उछाल देखिएकाे छ ।

साेमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर एक हजार २ सय ५६ रूपैयाँ पुगेकाे छ ।

कम्पनीकाे हिजाे जेठ १६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आफ्नाे सेयरधनीहरूलाई ३६.५ प्रतिशत बाेनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीको १४७.५२ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेकाे छ । कम्पनीले १:१.४७५२ काे अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे ।

आज सेयर बजारले ओरालो यात्रा तय गरिरहेकाे छ । यस समाचार तयार पार्दासम्म नेप्से परिसूचक १०.८८ अंकले घटेर २८१७.०५ विन्दुमा झरेकाे छ ।

60b48e9b6150e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।