Like us!
Follow us!

३६.५०% बोनसपछि अब राधी विद्युतले १४७.५२% हकप्रद निष्कासन गर्ने

३६.५०% बोनसपछि अब राधी विद्युतले १४७.५२% हकप्रद निष्कासन गर्ने

लगानी खबर, काठमाडौँ - राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ । 

कम्पनीकाे जेठ १६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले आफ्नाे सेयरधनीहरूलाई ३६.५ प्रतिशत बाेनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीको १४७.५२ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेकाे हाे । कम्पनीले १:१.४७५२ काे अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे ।

हालै मात्र अर्थात् जेठ ३ गते कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि बम्पर लाभांश प्रस्ताव गरेको थियाे । हालको चुक्ता पुँजीको ३६.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियाे । 

कम्पनीले याे प्रस्ताव आगामी १५औँ  वार्षिक साधारण सभामा पेश गर्नेछ । हाल कम्पनीकाे चुक्ता पुँजी ४७ करोड ३५ लाख ५६ हजार ५ सय रूपैयाँ रहेकाे छ । हकप्रद सेयर निष्कासन गरेपश्चात् कम्पनीकाे चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६ सय २२ पुग्नेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60b474d0d2bbc.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।