Like us!
Follow us!

आइतबार एकैदिन ब्रोकरहरूले कमाए हालसम्मकै धेरै मुनाफा

आइतबार एकैदिन ब्रोकरहरूले कमाए हालसम्मकै धेरै मुनाफा

लगानी खबर, काठमाडौं - आइतबार पनि नेपाली सेयर बजारले अर्काे नयाँ इतिहास कायम गरेकाे छ । नेप्से परिसूचकसँगसँगै यस दिन काराेबार रकमले पनि नयाँ रेकर्ड बनाएकाे हाे । सेयर बजारले नयाँ रेकर्ड बनाउँदा लगानीकर्ताहरू त उत्साहित छन् नै, लगानीकर्ताका साथसाथै ब्राेकर कम्पनीहरू पनि उत्साहित छन् । किनकी सेयर बजार बढ्दा लगानीकर्ता मात्र हैन ब्राेकरहरू पनि धनी हुन्छन् ।

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १२.५४ अंकले बढेर २८२७.९३ विन्दुमा पुग्दा कूल २१९ वटा कम्पनीकाे ४ कराेड २६ लाख ३६ हजार ३ सय ४८ कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २ सय ४५ रूपैयाँको कारोबार भएकाे छ । याे काराेबार रकम हालसम्म कै उच्च हाे । 

आइतबारकाे काराेबारबाट मात्रै ब्राेकर कम्पनीहरूले लगानीकर्ताहरूबाट ब्राेकर कमिशनकाे रूपमा ५ कराेड ३१ रूपैयाँ बराबरकाे रकम बुझेका छन् । लगानीकर्ताहरूले ब्राेकर कम्पनीहरूलाई ब्राेकर कमिशनकाे रूपमा आफूले गरेकाे काराेबार अनुसार न्यूनतम ०.२७ प्रतिशतदेखि अधिकतम ०.४० प्रतिशतसम्म रकम तिर्नुपर्नेछ । यसकाे औषत ०.३५ प्रतिशतलाई आधार मानेर हेर्दा आइतबार मात्रै ब्राेकर कम्पनीहरूले  ५.९६ करोड  रूपैयाँ बराबरकाे कमिशन बुझेका हुन् ।

सेबाेनले गत पुस १० गतेबाट लागू हुने गरी ब्रोकर कमिसन ३३ प्रतिशतले घटाएकाे थियाे । जस अनुसार संगठित संस्थाको शेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजार भन्दा माथि ५ लाख सम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख भन्दा माथि २० लाख रुपैयाँ सम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत कमिसन लाग्नेछ ।

ब्रोकर कम्पनी भनेका धितोपत्र बोर्डबाट सेयरको कारोबार गर्न इजाजत प्राप्त संस्था हुन् । जसलाई धितोपत्र दलाल व्यवसायी पनि भनिन्छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।