Like us!
Follow us!

मौद्रिक नीति कार्यान्वयन गर्न राष्ट्र बैंकको निर्देशन (विवरणसहित)

मौद्रिक नीति कार्यान्वयन गर्न राष्ट्र बैंकको निर्देशन  (विवरणसहित)

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई मौद्रिक नीतिमा घोषणा गरिएका व्यवस्थाहरु कार्यान्वयन गर्नका लागि निर्देशन दिएको छ ।

बैंकले हिजाे (साेमबार) एक निर्देशन जारी गर्दै बैंकले बैंकबाट "क", "ख" र "ग" वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन, २०७६ मा विभिन्न व्यवस्था परिमार्जन भएको जानकारी दिएकाे हाे ।

यसैगरी, उक्त निर्देशनमा बैंकले कोभिड–१९ बाट अतिप्रभावित क्षेत्रमा प्रवाहित कर्जा भुक्तानी गर्नलाई १ वर्ष (आगामी असार मसान्त), मध्यम प्रभावितलाई ९ महिना (चैत्र मसान्त) तथा न्यून प्रभावितलाई ६ महिनाको (पुस मसान्त) समय थप गर्न सकिने सुविधा दिएकाे छ । 

तर, सम्बन्धित निकायबाट स्वीकृतिप्राप्त पर्यटकस्तरीय होटलको हकमा अधिकतम २ वर्षसम्मका लागि ग्रेस अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ । यसरी ग्रेस अवधि थप गर्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाले कार्यविधि बनाएर संचालक समितिबाट स्वीकृत गराई लागू गर्नुपर्ने उक्त निर्देशनमा उल्लेख गरिएकाे छ ।

राष्ट्र बैंकले जारी गरेको निर्देशनको शीर्षक २३ मा एकीकृत निर्देशन २०७६ को बुँदा ४१ र ४२ लाई थप गर्दै भुक्तानी अवधि थप गर्ने नयाँ व्यवस्था लागु गरेकाे हाे ।

 

5f1fb91d5fc62.pdf

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।