Like us!
Follow us!

नबिल बैंकको सचिवमा पौड्याल नियुक्त

नबिल बैंकको सचिवमा पौड्याल नियुक्त

लगानी खबर, काठमाडौं - नबिल बैंक लिमिटेडकाे सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् ।

बैंककाे जेठ ७ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बैंकका कानून प्रबन्धक  प्रविण पौड्याललाई साेही मितिदेखि लागू हुने गरी बैंककाे सचिवमा नियुक्त गरिएकाे बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

यसअघिका कम्पनी सचिव माधव प्रसाद रेग्मीले राजिनामा दिएका हुनाले बैंकले प्रविण पौड्याललाई सचिवमा नियुक्त गरेकाे हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60b32f873d995.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।