Like us!
Follow us!

सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभसँगै सेयर लगानी पनि घट्यो

सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभसँगै सेयर लगानी पनि घट्यो

लगानी खबर, काठमाडौं - सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित सन्राइज फर्स्ट म्युचुअल फण्डले २०७८ वैशाख मसान्तको खुद सम्पत्ति मूल्य सार्वजनिक गरेको छ ।  वैशाख मसान्तसम्म दुवै फण्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) सँगै सेयर लगानी रकममा गिरावट आएको छ ।

वैशाख मसान्तमा फण्डको न्याभ १८ रुपैयाँ ५७ पैसा कायम भएको छ । चैत मसान्तमा फण्डको न्याभ १८ रुपैयाँ ६० पैसा रहेको थियो । फण्डको प्रतिइकाई खुद सम्पति मूल्यमा ३ पैसाले गिरावट आएको हो । 

सो अवधिमा फण्डले सूचीकृत सेयरमा ८१ करोड ७ लाख ७८ हजार रुपैयाँ लगानी गरेको छ । चैत मसान्तमा फण्ड ८२ करोड ९४ लाख ६१ हजार रुपैयाँ लगानी गरेको थियो । एक महिनाको अवधिमा फण्डको सूचिकृत सेयरको लगानी १ करोड ८६ लाख ८३ हजारले घटेको छ । यस अवधिमा फन्डले ४७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

सो अवधिमा फण्डको मुद्दति निक्षेपमा ११ करोड रुपैयाँ रहेको छ भने बैंक मौज्दात ५१ करोड १९ लाख ३१ हजार रुपैयाँमा रहेको छ । 

फण्डले सार्वजनिक गरेकाे वैशाख मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।