Like us!
Follow us!

शिखर इन्स्योरेन्सको २७.७७ बोनस सेयर हितग्राही खातामा जम्मा

शिखर इन्स्योरेन्सको २७.७७ बोनस सेयर हितग्राही खातामा जम्मा

लगानी खबर, काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । 

कम्पनीले गत चैत ९ गते सम्पन्न १५औं र १६औं साधारण सभाबाट पारित २७.७७ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो ।

कम्पनीले फागुन २५ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा उक्त बोनस सेयर जम्मा गरिदिएको ।

उक्त मिति पश्चात अभौतिकीकरण गराएका सेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित सेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिने भएकाले सेयर अभौतिकीकरण गराउन कम्पनीले अनुरोध गरेको छ ।  कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

60b3123974835.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।