Like us!
Follow us!

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा लिन सकिने

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म सहुलियत कर्जा लिन सकिने

लगानी खबर, काठमाडौं - विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो सहुलियत कर्जा उपलब्ध गराइने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्नातक वा भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफुले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम ५ प्रतिशत व्याजदरमा रु २५ लाखसम्म सहुलियत कर्जा  उपलब्ध गराइने बताएका हुन् ।

त्यस्तै, सरकारी, निजी र गैरसरकारी क्षेत्रको समन्वयमा काम र रोजगारीको सिर्जना गरिने उनको भनाई । प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनसंरचना गरी बेरोजगार व्यक्तिलाई न्यूनतम एक सय दिनको रोजगारी सुनिश्चित गरिने उनले बताएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको अन्तर्गत २ लाख व्यक्तिलाई रोजगारी सिर्जना गर्न १२ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । त्यसैगरी, श्रम बजारमा प्रवेश गर्ने युवा, वैदेशिक रोजगारबाट फर्केका युवा तथा स्वदेशमा रोजगार गुमाएका युवालाई क्षमता अभिवृद्धि गर्न ४० करोड बिनियोजन गरिएको छ । 

त्यसैगरी, सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताएका छन् । जेष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुर्याइएको उनले बताएका छन् । उनका अनुसार सामाजिक सुरक्षा भत्ताको लागि एक खर्ब विनियोजन गरिएको छ । 

अनाथ, दलित, अपांगता भएका र विपन्न परिवारका बालबालिकालाई प्रदान गरिने बालसंरक्षण अनुदानको रकममा एक तिहाईले वृद्धि गरिएको छ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।