Like us!
Follow us!

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण धमाधम (अपडेट)

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण धमाधम (अपडेट)

लगानी खबर, काठमाडौं - आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण सुरू भएकाे छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट बजेट प्रस्तुत भइरहेकाे छ ।

संसद नभएकोले अध्यादेशबाट बजेट ल्याइएकाे हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारि गरीसकेकी छिन्। राष्ट्रपतिले आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८, र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ जारी गरेकी हुन्  ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकएल आगामी आर्थिक वर्ष ७८/७९ को वार्षिक बजेट पारित गर्दै बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोहि अनुसार राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् । 

- सबै नागरिकलाई खोप लगाउनको लागि २६ अर्ब ७५ अर्ब बिनियोजन गरिएको छ । 

- महिला स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शत प्रतिशत वृद्धि भएको छ ।५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रतिशत वृद्धि गरी १२ हजार रुपैयाँ पुर्‍याइएको हाे । 

- सरकारले बृद्धभत्ता बढाएर ४ हजार पुर्याएको छ । 

- सरकारले सरकारी कर्मचारीलाई खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा गरेको छ ।

- सरकारले निषेधाज्ञाभर २० यूनिटसम्म खपत गर्ने ग्राहकलाई विद्युत महशुल शत प्रतिशत छुट दिने भएको छ ।

- सरकारले १६ वर्ष माथिका सबै विद्यार्थीहरुलाई निशुल्क सीमकार्ड दिने भएको छ ।

- सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोजन गरेको छ । 

- सरकारले पुनर्कर्जा दिनका लागि १३ अर्ब बजेट विनियोजन गरेको छ । लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवाहरुलाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन सरकारले यो बजेट विनियोजन गरेको हो ।

- सरकारले सञ्चार गृहको नवीकरण शुल्क छुट दिने भएको छ ।

- शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अधिकतम व्याजदर ५ प्रतिशत हुने यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुनेछ ।

- विद्यार्थीलाई ल्यापटप किन्न २ वर्षमा तिर्नुपर्ने गरी १ प्रतिशत व्याजदरमा ऋण दिईने भएको छ ।

- निषेधाज्ञा अवधिमा खाद्यान्न र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिइने भएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।