Like us!
Follow us!

नेप्सेमा ३ कम्पनीको सेयर सूचिकृत, हेर्नुस् कुनको कति कित्ता ?

नेप्सेमा ३ कम्पनीको सेयर सूचिकृत, हेर्नुस् कुनको कति कित्ता ?

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता विभिन्न ३ वटा कम्पनीकाे सेयर सूचीकृत भएकाे छ । स्टकका अनुसार एउटा कम्पनीकाे बाेनस सेयर, एउटा म्युचुअल फण्ड र एउटा बैंककाे ऋणपत्र यस साता नेप्सेमा सूचिकृत भएको हाे ।

शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे २७.७६९ प्रतिशत बाेनस बापतकाे ३८ लाख ४० हजार २ सय २ कित्ता सेयर सूचिकृत भएको हाे ।कम्पनीले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई २७.७६९ प्रतिशत बाेनस र १.४६२ प्रतिशत नगद गरि कूल २९.२३१ प्रतिशत लाभांश वितरण  गर्ने प्रस्ताव गरेकाे थियाे ।

यसैगरी, सनराइज ब्लूचिप फण्डकाे १२ करोड ५० लाख कित्ता इकाई नेप्सेमा सूचिकृत भएको हो । फण्डको दोस्रो बजार कारोबारको लागि SBCF सिम्बोल प्रदान गरिएको छ । सनराइज क्यापिटल लिमिटेडले चैत्र १ गते, आइतबारदेखि चैत्र ८ गते, आइतबारसम्म सनराइज ब्लूचिप फण्ड नामक सामुहिक लगानी कोष बिक्री खुल्ला गरेको थियाे । क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये कोष प्रवर्धक सनराइज बैंकलाई १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएकाे थियाे ।

त्यसैगरी, एनसीसी बैंक लिमिटेडको "९.५% एनसीसी ऋणपत्र २०८६" काे ३० लाख कित्ता ऋणपत्र सूचिकरण गरिएको हो । बैंकले गत चैत १३ गते, शुक्रबारबाट चैत्र १८ गते, बुधबारसम्म १० वर्ष अवधिकाे लागि “९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नाममा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो । बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गरेकाे थियो । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।