Like us!
Follow us!

अनुमानित आर्थिक वृद्धिदर हासिल गर्न कठिन : अर्थमन्त्री पौडेल

अनुमानित आर्थिक वृद्धिदर हासिल गर्न कठिन : अर्थमन्त्री पौडेल

लगानी खबर, काठमाडौं - अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा अनुमानित आर्थिक वृद्धिदर हासिल गर्न कठिन रहेको बताएका छन् । शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले ४.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसकिने बताएका हुन्।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)ले गर्दा अर्थतन्त्र सोचेजस्तो वृद्धि हुन नसक्दा आर्थिक वृद्धिदर चूनौतीपूर्ण रहेको उनले बताए । सरकारले चालु बर्ष आर्थिक वृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो भने केन्द्रीय तथ्याङ्क विभागले ४.१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो। गत आर्थिक वर्ष २०७६/७७मा नेपालको  आर्थिक वृद्धिदर २.१२ प्रतिशत ऋणात्मक थियो । 

अर्थ सचिव शिशिरकुमार ढुंगानाले देशको आर्थिक सूचकहरु सबै सहज अवस्थामा रहेको बताएका छन । निषेधाज्ञा अघिसम्म अर्थतन्त्रको वृद्धिदरले विगतको भन्दा राम्रो गति लिएको दावी गर्दै अहिले त्यसले समस्या पैदा गरेको बताए । तर अर्थतन्त्र पहिला भन्दा राम्रो गतिमा रहेको उनको दाबी छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।