Like us!
Follow us!

एनएमबि बैंकको ९ वर्षको लाभांश इतिहास : ११ गुणाले बढ्यो लगानी, लगानीकर्ता मालामाल

एनएमबि बैंकको ९ वर्षको लाभांश इतिहास : ११ गुणाले बढ्यो लगानी, लगानीकर्ता मालामाल

लगानी खबर, काठमाडौं – एनएमबि बैंक लिमिटेड लगानीकर्ताले राेज्ने बैंकमध्येकाे एक हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले बैंककाे सेयरमूल्य प्रतिकित्ता ४ सय ३० रूपैयाँ रहेकाे छ । 

बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ४ अर्ब ३० करोड ९० लाख १८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । हालसम्म बैंककाे सञ्चालन नाफा ३ अर्ब ६१ करोड ७६ लाख रुपैयाँ छ । बैंककाे चुक्ता पूँजी १६ अर्ब ३२ करोड रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ४८ करोड ७३ लाख रुपैयाँ, प्रतिसेयर आम्दानी २० रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ  १४५ रुपैयाँ ३२ पैसा रहेकाे छ । 

बैंककाे ९ आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७५/७६ मा ३५ प्रतिशत लाभांश (२१ प्रतिशत बाेनस र १४ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०७१/७२ मा ८.४२ प्रतिशत लाभांश (८ प्रतिशत बाेनस र ०.४२ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।

बैंककाे सेयरमा ९ वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी बैंकले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसबाट अहिले बढेर एक लाख १४ हजार रूपैयाँ भन्दा धेरै पुगेकाे छ । 

एनएमबि बैंक लिमिटेड​को ९ वर्षको लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना ९ प्रतिशत नगद लाभांश मात्र वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस दिएकाे थिएन ।

२. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश मात्र वितरण गरेकाे थियाे । याे वर्ष पनि बैंकले बाेनस दिएकाे थिएन ।

३. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बाेनस र ०.४२ प्रतिशत नगद गरि कूल ८.४२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १९ प्रतिशत बाेनस र १ प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ०.७८९५ प्रतिशत नगद गरि कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र २० प्रतिशत नगद गरि कूल ३० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २१ प्रतिशत बाेनस र १४ प्रतिशत नगद गरि कूल ३५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १३ प्रतिशत बाेनस र ३.२ प्रतिशत नगद गरि कूल १६.२ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।