Like us!
Follow us!

शाइन रेसुङ्गाको संस्थापक सेयर साधारणमा रूपान्तरण

शाइन रेसुङ्गाको संस्थापक सेयर साधारणमा रूपान्तरण

लगानी खबर, काठमाडौं – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।  

स्टकका अनुसार बैंकको १३ लाख १२ हजार ५ सय ४९ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।  याे सँगै अब बैंकको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात कायम भएको छ ।  

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा ४४ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । ३ अर्ब ४० करोड चुक्ता पूँजी रहेको बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ रहेकाे छ ।

60b07fdf07435.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।