Like us!
Follow us!

नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य समायोजन

नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्य समायोजन

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको गरको हो । कम्पनीको समायोजनपछिको मूल्य १ हजार २ सय ५ रुपैयाँ निर्धारण भएको छ । 

कम्पनीको बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ३ सय ३५ लाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।यहि मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । कम्पनीले जेठ २८ गते बस्ने वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभाले लाभांश प्रस्ताव पारित गर्दैछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट उक्त बोनस प्रस्ताव गरेको हो ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले आज शुक्रबार (जेठ १४ गते) नै बुक क्लोज गरेको छ । तसर्थ, बिहीबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।