Like us!
Follow us!

निफ्रालाई विद्युत व्यापारको अनुमति दिने तयारी हुँदै

निफ्रालाई विद्युत व्यापारको अनुमति दिने तयारी हुँदै

लगानी खबर, काठमाडौँ - नेपाल सरकारले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई विद्युत व्यापारको अनुमति दिने तयारी गरेकाे छ ।

हिजाे (बुधबार) आयोजित उर्जा सम्बन्धी कार्यक्रममा उर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले निफ्राको सहायक कम्पनीलाई विद्युत व्यापारको अनुमति दिने जानकारी दिएका हुन् ।

ऊर्जा उद्यमीले क्षेत्रीय विद्युत् व्यापारका लागि नेपाल पावर एक्सचेञ्ज लिमिटेड नामक कम्पनी सन् २०१८ मा नै स्थापना गरेका छन् । उक्त कम्पनीमा नेपालका निजी क्षेत्रको ४५ प्रतिशत सेयर स्वामित्व रहेको छ भने भारतीय इनर्जी एक्सचेञ्जको १५ प्रतिशत सेयर छ ।

निफ्राले आफ्नो सहायक कम्पनीको रुपमा विद्युत व्यापार कम्पनी स्थापना गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।