Like us!
Follow us!

नेप्सेमा सनराइज ब्लूचिप फन्ड सूचिकृत

नेप्सेमा सनराइज ब्लूचिप फन्ड सूचिकृत

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सनराइज ब्लूचिप फण्डकाे इकाई सूचिकृत भएको छ । 

फण्डको १२ करोड ५० लाख कित्ता इकाई नेप्सेमा सूचिकृत भएको हो । फण्डको दोस्रो बजार कारोबारको लागि SBCF सिम्बोल प्रदान गरिएको छ ।

सनराइज क्यापिटल लिमिटेडले चैत्र १ गते, आइतबारदेखि चैत्र ८ गते, आइतबारसम्म सनराइज ब्लूचिप फण्ड नामक सामुहिक लगानी कोष बिक्री खुल्ला गरेको थियाे र।

क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये कोष प्रवर्धक सनराइज बैंकलाई १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएकाे थियाे ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60af57292e0ef.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।