Like us!
Follow us!

यी २ लघुवित्तलाई एकिकृत कारोबार गर्न राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृती

यी २ लघुवित्तलाई एकिकृत कारोबार गर्न राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृती

लगानी खबर, काठमाडौँ - इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्नका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृती पाएको छ । 

बैंकले जेठ ११ गते यी २ संस्थालाई सैद्धान्तिक स्वीकृती प्रदान गरेकाे हाे । अब यी दुवै संस्थाले आ-आफ्नो विशेष साधारण सभाबाट मर्जर तथा प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरी अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएर स्वीकृती पाएपछि एकीकृत काराबोर सुरु गर्न सक्नेछन् । 

दुवै संस्थाबीच गत माघ २६ गते, आइतबार मर्जर तथा एक्वीजिशन सम्बन्धी सम्झौता भएको थियो ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ४७ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । संस्थाकाे चुक्ता पुँजी २६ करोड ६ लाख ५० हजार रुपैयाँ र जगेडा कोषमा १४ करोड ६४ लाख २१ हजार रुपैयाँ छ । यस्तै प्रतिसेयर आम्दानी वार्षिक ५३ रुपैयाँ ५७ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ १८ पैसा छ । 

त्यसैगरी, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा  नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ रहेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।