Like us!
Follow us!

नबिल ब्यालेन्सड् फण्ड र इक्वीटी फण्डको सेयर घट्यो, खुद सम्पत्ति मूल्य कति ?

नबिल ब्यालेन्सड् फण्ड र इक्वीटी फण्डको सेयर घट्यो, खुद सम्पत्ति मूल्य कति ?

नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्सड् फण्ड र नबिल इक्वीटी फण्डले २०७८ वैशाख मसान्तको खुद सम्पत्ति मूल्य सार्वजनिक गरेका छन् ।  वैशाख मसान्तसम्म दुवै फण्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) मा गिरावट आएको छ ।

वैशाख मसान्तमा  नबिल ब्यालेन्सड् फण्डको न्याभ ९ पैसाले घटेर १६ रुपैयाँ २६ पैसा कायम भएको छ । चैत मसान्तमा फण्डको न्याभ १६ रुपैयाँ ३५ पैसा रहेको थियो । 

सो अवधिमा फण्डले सूचीकृत सेयरमा १ अर्ब ३९ करोड ६७ लाख ६० हजार रुपैयाँ लगानी गरेको छ । चैत मसान्तमा फण्ड १ अर्ब ४४ करोड ५ लाख ३ हजार रुपैयाँमा सीमित भएको छ । एक महिनाको अवधिमा फण्डको सूचिकृत सेयरको लगानीमा ४ करोड ३७ लाख ४३ हजारले घटेको छ । यस अवधिमा फन्डले ८२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

यता, वैशाख मसान्तमा नबिल इक्वीटी फण्डको प्रतिइकाई खुद सम्पति मूल्य २५ पैसाले घटेर १६ रुपैयाँ ९९ पैसा कायम भएको छ । चैत महिनामा फण्डको न्याभ १७ रुपैयाँ २४ पैसा थियो । यसको सूचीकृत सेयरमा लगानी १ अर्ब ६४ करोड १६ लाख ८८ हजार रुपैयाँ रहेको छ । यो अघिल्लो महिनाको भन्दा ५ करोड १५ लाख ८ हजार रुपैयाँले मात्र थोरै हो । चैतमा भने यसको सूचीकृत सेयरमा लगानी एक अर्ब ६९ करोड ३१ लाख ९६ हजार रुपैयाँ थियो । 
 
यस फण्डले हालसम्म विभिन्न म्युचुअल फण्डसहित कुल ७८ वटा सूचीकृत कम्पनीको लगानी गरेको छ ।

फण्डले सार्वजनिक गरेकाे वैशाख मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

60af381e141d9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।