लगानी खबर, काठमाडौं - निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाखभन्दा बढी कित्ता संस्थापक सेयर आज (जेठ १३ गते, बिहिबार) देखि लिलामीमा ल्याएको छ ।
संस्थाले न्यूनतम मूल्य प्रतिकित्ता ५ सय ५० रुपैयाँ अंकित दरका १ लाख ५ हजार ५९२ कित्ता संस्थापक सेयर आजबाट लिलामीमा ल्याएको हो ।
लगानीकर्ताले बोलपत्र पेश गर्दा तोकिएको न्यूनतम मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ । उक्त सेयरमा सर्वसाधारण तथा अन्य जो कोहि योग्य संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् ।
उक्त सेयरमा लगानीकर्ताले न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आजदेखि जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त सेयरको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।