Like us!
Follow us!

नेपाल फाइनान्स र ललितपुर फाइनान्सको प्राप्ति सम्बन्धि प्रस्ताव जेठ २८ गते पारित हुँदै

नेपाल फाइनान्स र ललितपुर फाइनान्सको प्राप्ति सम्बन्धि प्रस्ताव जेठ २८ गते पारित हुँदै

लगानी खबर, काठमाडौं - नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्न दुवै फाइनान्सले एकै दिन विशेष साधारण सभा आह्वान गरेका छन् ।  प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्न दुवैले जेठ २८ गते विशेष साधारण सभा बोलाएका हुन् । 

नेपाल फाइनान्सको सभा कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा भर्चुअल माध्यमबाट  बिहान ११ बजे सुरु हुनेछ भने ललितपुर फाइनान्सको सभा पनि कम्पनीको केन्द्रीय कार्यालय लगनखेल, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ । 

सभाले सम्पति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको १:१ सेयर स्वाप रेसियोलाई पारित गरी प्राप्ति सम्बन्धी कार्यलाई अन्तिम स्वीकृति दिनेछ ।
 
सो आधारमा, हाल ललितपुर फाइनान्सको १ कित्ता सेयर हुने सेयरधनीले प्राप्तिपछि नेपाल फाइनान्सको १ कित्ता सेयर पाउनेछन् । सभाले प्राप्तिसम्बन्धी समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरुको अनुमोदन पनि गर्नेछ । 
 
सभा प्रयोजनका लागि नेपाल फाइनान्सले जेठ १९ गते बुक क्लोज गर्ने भएको छ । प्राप्ति प्रक्रियामा रहेकाले ललितपुरको सेयर कारोबार रोक्का नै रहेको छ । दुवै संस्थाले गत पुस २३ गते प्राप्ति सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

60af1b54971e1.jpg 60af1b63b2218.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।