Like us!
Follow us!

ह्वात्तै बढ्यो सुनको मुल्य, हेर्नुस आजको भाउ

ह्वात्तै बढ्यो सुनको मुल्य, हेर्नुस आजको भाउ

लगानीखबर काठमाडौं, आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य फेरी बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलाको ९ सय रूपैयाँले बढेर प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ९ सय निर्धारण गरिएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलाको ३० रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ९५ रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार पुगेको थियो । सोमबार पनि सुनको मूल्य प्रतितोला ३ सयले बढेको थियो ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।