Like us!
Follow us!

यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम मौका

यी २ कम्पनीको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम मौका

लगानी खबर, काठमाडौँ - विभिन्न २ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने भाेलि (जेठ १३ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हाे ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले  साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १४ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, भाेलि (जेठ १३ गते, बिहीबार) सम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीकाे वार्षिक साधारण सभा जेठ २७ गते हुनेछ । सभाले कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशतले नै हुन आउने नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  पारित गर्नेछ ।

त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड​ले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, भाेलि (जेठ १३ गते, बिहीबार) सम्म नेप्सेमा काराेबार भइ  कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।  कम्पनीको १९औँ वार्षिक साधारण सभा जेठ २८ गते काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशतले हुन आउने बोनस सेयर र  ३.७८९४ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) गरी कुल  १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।