Like us!
Follow us!

एनएमबिका दुवै म्युचुअल फण्डको सेयर लगानी घट्यो, न्याभ कति ?

एनएमबिका दुवै म्युचुअल फण्डको सेयर लगानी घट्यो, न्याभ कति ?

लगानी खबर, काठमाडौं - एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित एनएमबि ५० र हाइब्रिड फण्ड एल–१ ले २०७८ वैशाख मसान्तको खुद सम्पत्ति मूल्य सार्वजनिक गरेका छन् ।  वैशाख मसान्तसम्म दुवै फण्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) मा गिरावट आएको छ ।

वैशाख मसान्तमा एनएमबि ५० को न्याभ ६ पैसाले घटेर १७ रुपैयाँ ५१ पैसा कायम भएको छ । चैत मसान्तमा फण्डको न्याभ १७ रुपैयाँ ५७ पैसा रहेको थियो । सो अवधिमा सूचीकृत कम्पनीको सेयरमा लगानी रकममा पनि गिरावट आएको छ । चैत महिनामा सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब ३७ करोड १२ लाख ९ हजार रुपैयाँ रहेकोमा वैशाख मसान्तमा घटेर १ अर्ब ३० करोड ८ लाख २९ हजार रुपैयाँमा सीमित भएको छ ।

यस अवधिमा फन्डले ४५ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

यता, वैशाख मसान्तमा एनएमबि हाइब्रिड फण्ड एल–१ को प्रतिइकाई खुद सम्पति मूल्य ४ पैसाले घटेर १५ रुपैयाँ ८३ पैसा कायम भएको छ । चैत महिनामा फण्डको न्याभ १५ रुपैयाँ ८७ पैसा थियो । यसको सूचीकृत सेयरमा लगानी ७६ करोड ६९ लाख ९५ हजार रुपैयाँ रहेको छ । यो अघिल्लो महिनाको भन्दा १ करोड ४८ लाख ३५ हजार रुपैयाँले मात्र थोरै हो । चैतमा भने यसको सूचीकृत सेयरमा लगानी ७८ करोड १८ लाख ३० हजार रुपैयाँ थियो । 
 
यस फण्डले हालसम्म विभिन्न म्युचुअल फण्डसहित कुल ५६ वटा सूचीकृत कम्पनीको लगानी गरेको छ ।

फण्डले सार्वजनिक गरेकाे वैशाख मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

60adf86bbc051.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।