लगनीखबर, काठमाडौँ - एनएलजि इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ ।
इन्स्योरेन्सले संस्थापक समूह तर्फको ८१ ह्जार २ सय २४.७५ कित्ता र सर्वसाधारण तर्फको ७९ ह्जार ८ सय ५३.२५ कित्ता अवितरित हकप्रद शेयरहरु गत साउन २२ गते देखी साउन २९ गतेसम्म शिलबन्दी बोलपत्रद्धारा खरिद गर्न आव्हान गरेको थियो । सो अवधिमा प्राप्त बोलपत्र भदौ ९ गतेका दिन बोलपत्रदाताहरुको रोहबरमा खोली भदौ १५ गते बाँडफाँड गरिएको छ ।
बोलपत्रमा नपरेको बोलपत्रवालाको रकम फिर्ता भुक्तानी भदौ १७ गतेदेखी बोलपत्र फाराममा उल्लेख गरिएको बैंक खातामा रुकमान्तर गरिने बताएको छ । साथै बाँडफाँटमा परेको शेयरधनीहरुको शेयर नेप्से र सिडिएससीमा सूचीकृत भएपश्चात बोलपत्र फाराममा उल्लेखित हितग्राही खातामा जम्मा गरिने जानकारी गराएको छ ।
हेर्नुहोस् सूचना :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।