Like us!
Follow us!

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने, स्वाप रेसियो कति ?

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने, स्वाप रेसियो कति ?

लगानी खबर, काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सिर्जना फाइनान्सलाई प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ ।

बैंकको जेठ ११ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार बैंकको सातौँ सभा जेठ २७ गते बिहान ९ बजे बैंकको केन्द्रिय कार्यालयमा वेबिनारमार्फत बिहान ९ बजे सुरु हुनेछ । 

प्राप्तिपश्चात सिर्जना फाइनान्सको १०० कित्ता बराबर सिटिजन्स बैंकको ९५ कित्ता सेयर दिने गरी सेयर मूल्य अनुपात (स्वाप रेसियो) कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । जस अनुसार सिर्जना फाइनान्सका सेयरधनीले १०० कित्ता सेयर बराबर सिटिजन्स बैंक इन्टरनेशनलको ९५ कित्ता सेयर पाउनेछन् ।

त्यसैगरी, प्राप्तिपश्चात सिटिजन्स बैंकको पूँजी वृद्धि हुने भएकोले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । प्राप्तिपश्चात बैंकको चुक्तापूँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ ।

त्यसैगरी, सिर्जना फाइनान्सले पनि सोहि दिन विशेष सभा आह्वान गरेको छ ।  विशेष साधारण सभा प्रयोजनका लागि बैंकले जेठ २१ गते र फाइनान्सले जेठ १८ गते बुक क्लोज गर्ने भएका छन् । त्यसैले बुक क्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र उक्त सभामा भाग लिन सक्ने भएका छन् । 

60ade43995ce0.jpg 60ade4404404c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।