Like us!
Follow us!

राष्ट्र बैंकको निर्देशन ‘खाए खा नखाए घिच’ जस्तो भयो : पूँजी बजार लगानीकर्ता संघ

राष्ट्र बैंकको निर्देशन ‘खाए खा नखाए घिच’ जस्तो भयो : पूँजी बजार लगानीकर्ता संघ

लगानी खबर, काठमाडौं - नेपाल राष्ट्र बैंकले हिजाे मंगलबार जारी गरेकाे निर्देशनप्रति नेपाल पूँजी बजार लगानीकर्ता संघले गम्भिर ध्यानाकर्षण प्रकट गरेकाे छ ।

नेपाल पूँजी बजार लगानीकर्ता संघले तल उल्लेख गरे बमाेजिम ७ वटा बुँदा मार्फत् ध्यानाकर्षण प्रकट गरेकाे हाे ।

नेपाल पूँजी बजार लगानीकर्ता संघकाे ७ वटा बुँदाहरू यस प्रकारकाे छ :

१) लघुवित्तमा बैंकहरुलाई लगानीमा कडाई गर्नु राम्रो भएपनि निर्देशन कडा रुपमा ढिलो आउनुमा हाम्रो संघको गम्भिर आपत्ती रहेको छ ।

२) बैंकहरुले २०७८/०२/१० गते सम्म किनेको लघुवित्तको सेयर २०७८/ पौष मसान्त सम्म बिक्री गरिसक्नु भन्ने निर्देशन आपत्ति जनक छ ।

३) निर्देशन पुर्नमुल्याङकन गरी बैंक तथा वित्तिय संस्थाले किनेको लघुवित्तको सेयर २०८० साल असार मसान्त सम्म बिक्री गरिसक्नु भन्ने निर्देशन अभिलम्ब जारी गरिनु पर्छ भन्ने हाम्रो धारणा रहेको छ ।

४) अहिलेको समयमा राष्ट्र बैंकलाई बेमौसमी बाजा बजाउनु थियो भने आम लगानीकर्ताले यति ठूलो कारोबार पश्चात ‘खाए खा नखाए घिच’ भन्ने निर्देशन दिएर आम लगानीकर्तालाई तर्सित बनाएकोमा हाम्रो संघ घोर आपत्ति रहेको छ ।

५) पछिल्लो समयमा मौलाउदै गएको सेयर बजारलाई ब्रेक लगाउने राष्ट्र बैंकबाट निर्देशन आएको हो भन्ने हाम्रो संघको धारणा रहेको छ ।

६) अण्डर भ्यालुड भएका राम्रा कम्पनीको सेयरमा लगानी गर्न बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैंकले पहिल्यै देखि नै प्रोत्साहन गर्नुपर्छ भन्ने हाम्रो संघको धारणा रहदै आएको छ ।

७) राष्ट्र बैंकको पछिल्लो कदमबाट आम लगानीकर्ता त्रसित नहुन र बिबेक पूर्ण ढंगले आफ्नो कारोबार गर्न संघले अपिल गर्दछ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्न कडाई गरेको छ । राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई एकिकृत निर्देशन जारि गर्दै सेयर लगानी सम्बन्धमा थप व्यवस्था लागू गरेकाे हाे ।

नयाँ व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले एक वर्षभन्दा कम अवधिको लागि सेयरमा लगानी गर्न पाउने छैनन् । त्यस्तै, बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् । 

बैंक तथा वित्तीय संस्थालाई सेयर लगानीमा राष्ट्र बैंकको कडाई

यस भन्दा अगाडी सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा मात्र लगानी गर्न पाउने व्यवस्था थियाे । पहिलाको व्यवस्थालाई संसोधन गरि यसरी खरिद गरिएको शेयर एक वर्षभित्रै बिक्री गर्न नपाउने व्यवस्था गरिएको हो ।

बैंककाे निर्देशनमा भनिएकाे छ "सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।"

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाउनेछन् । तर, यसअघिसम्म लगानी गरेका सेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न भने पाइने छ। 

यसका साथै, विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक बैंक तथा वित्तीय संस्थाले ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाइने निर्देशनमा उल्लेख छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।