Like us!
Follow us!

आइएमई जनरल इन्स्योरेन्सलाई हकप्रद निष्काशन गर्न बीमा समितिको अनुमति

आइएमई जनरल इन्स्योरेन्सलाई हकप्रद निष्काशन गर्न बीमा समितिको अनुमति

लगानी खबर, काठमाडौं - बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको छ । 

कम्पनीको गत वैशाख १२ गते सम्पन्न २३ औ वार्षिक साधारणसभाबाट ४० प्रतिशत हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित भएको थियो । साधारणसभाबाट प्रस्ताव पारित गरिसकेकोले स्वीकृति प्रदान गरिएको समितिले जनाएको छ ।

बिमा समितीबाट हकप्रद निष्काशनको अनुमति पाएपछि अब कम्पनीले अन्तिम स्वीकृतिका लागि धितोपत्र बोर्डमा निवेदन दिने छ । धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएपछि यो कम्पनीको १०० कित्ता सेयर हुने लगानीकर्ताहरुले ४० कित्ता हकप्रद सेयर प्राप्त गर्न सक्नेछन् । 

हकप्रद सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ६२ करोड रुपैयाँ पुग्ने छ । मंगलबार दोस्रो बजारमा कम्पनीको सेयर मूल्य १४१६ रुपैयाँ रहेको छ । हकप्रद सेययर निष्काशनको समाचार बाहिरिएसँगै कम्पनीको सेयर मूल्य दोस्रो बजारमा निरन्तर बढिरहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।