Like us!
Follow us!

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभ्न अन्तिम सम्झौता सम्पन्न

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई गाभ्न अन्तिम सम्झौता सम्पन्न

लगानी खबर,  काठमाडौं - सिटिजन्स  बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

मंगलबार काठमाडौं महानगरपालिका १ नारायणहिटी पथमा रजिष्टर्ड कार्यालय रहेको सिटिजन्स बैंकले मोरङको विराटनगर वडा नं ९ मा मुख्य कार्यलय रहेको सिर्जना फाइनान्सलाई आफूमा गाभ्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हाे ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली २०७३ बमोजिम प्राप्ति गर्ने गरि बैंकको तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सिर्जना फाइनान्सका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60acfc114f27d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।