Like us!
Follow us!

कडा प्रावधानसहित उपत्यकामा एक साता निषेधाज्ञा थप, किराना पसल पनि बन्द

कडा प्रावधानसहित उपत्यकामा एक साता निषेधाज्ञा थप, किराना पसल पनि बन्द

लगानी खबर, काठमाडौँ - काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप एक साताका लागि लम्बिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले थप एक साता निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

अब झनै कडा प्रावधान लागू गरिएकाे छ । थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल र डिपार्टमेन्टल स्टोर चाहिँ बन्द गर्ने निर्णय भएको छ । यसका साथै, सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाइ गरिएको छ ।

निषेधाज्ञाको पालना नगर्नेलाई कारबाही गरिनेछ । निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना  वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान  छ । मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, बिना काम बाहिर निस्किए पटकै पिच्छे २ सय रुपैयाँ, अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पांग्रे सवारी साधन भए पटकैपिच्छे २ हजार रुपैयाँ, अन्य सवारी साधन भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना लाग्नेछ ।

60acfafa68555.jpg 60acfafe889b9.jpg 60acfb03cd4cf.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।