लगानी खबर, काठमाडौँ - आइतबारबाट दिनहुँ नयाँ रेकर्ड बनाउँदै आएकाे सेयर बजारले आज (मंगलबार) भने ब्रेक लिएकाे छ । आइतबार नेप्से परिसूचकले नयाँ रेकर्ड बनाएकाे थियाे । साेमबार फेरि नेप्से परिसूचक र काराेबार रकम दुवैले नयाँ रेकर्ड बनाएका थिए । मंगलबार सेयर बजार सामान्य अंकले घटेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ६.५० अंकले घटेर २८१६.५६ विन्दुमा पुगेकाे छ । नेप्से ०.२३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.५१ अंकले घटेर ५०३.९९ मा पुगेको छ ।
कूल २१९ वटा कम्पनीकाे २ कराेड ३४ लाख ६५ हजार ६ सय ७५ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार एक सय ८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार मंगलबार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ ।
त्यसैगरी, मंगलबार बरूण हाइड्राेपावर, माउन्टेन हाइड्राे नेपाल, युनिभर्सल पावर कम्पनी लगायतका शेयरधनीहरूले सबैभन्दा धेरै कमाउँदा मल्टिपर्पस फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक लगायतका शेयरधनीहरूले भने सबैभन्दा धेरै गुमाएका छन् । मंगलबार काराेबार रकमकाे आधारमा अरूण काबेली पावर कम्पनी लिमिटेड अग्र स्थानमा छ ।
हेराैं आजकाे सेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।