Like us!
Follow us!

तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीको अवस्था: नेपाल लाइफ अधिकांश सूचकमा अब्बल,अन्य कम्पनी कस्ता ?

तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीको अवस्था: नेपाल लाइफ अधिकांश सूचकमा अब्बल,अन्य कम्पनी कस्ता ?

लगानी खबर,  काठमाडौं - चालु आर्थिक वर्ष २०७७ /७८ को तेस्रो त्रैमाससम्ममा १९ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै नाफा कमाउने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ४६ करोड ७५ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ८.३६ प्रतिशतले बढी हो । गत वर्ष पनि नाफा कमाउने कम्पनीमा नेपाल लाइफ नै अब्बल थियो ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र सूर्या लाइफ इन्स्योरेन्स रहेका छन् । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३२ करोड २५ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले २९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै दुई कम्पनीको नाफा घटको छ । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यूनियन लाइफ इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा संस्थानको नाफामा गिरावट आएको छ । 

यूनियन लाइफले ८ करोड २५ लाख र राष्ट्रिय बीमा संस्थाले ४ करोड ८६ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।

समिक्षा अवधिसम्ममा १९ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै खुद बीमा शुल्क आर्जन गर्नेमा पनि नेपाल लाइफ इन्स्योरेन्स नै रहेको छ । कम्पनीले २४ अर्ब ९६ करोड ६० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस्तो आम्दानी गत वर्षको सोहि अवधिको तुलनामा ३५ प्रतिशतले धेरै हो । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले सो अवधिमा १३ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने नेशनल लाइफ इन्सोरेन्स कम्पनीले ८ अर्ब ६९ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

अन्य १८ कम्पनीको खुद बीमा शुल्क आर्जन बढ्दा राष्ट्रिय बीमा संस्थानको खुद बीमा शुल्क आर्जन भने घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको खुद बीमा शुल्क आर्जन १.०३ प्रतिशतले घटेको हो । गत ६ अर्ब ८४ करोड ३२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले ६ अर्ब ७७ करोड २८ लाख रुपैयाँ आर्जन गरेको हो ।

त्यसैगरी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशतले खुद मुनाफा वृद्धि गरी ७८ करोड ४२ लाख ६१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

यता, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषमा सबैभन्दा धेरै रकम जम्मा भएको छ । कम्पनीले यस अवधिसम्ममा १ खर्ब ७ अर्ब ६१ करोड रुपैयाँ जीवन बीमा कोषमा जम्मा गरेको छ । गत कम्पनीको जीवन बीमा कोषमा ८१ अर्ब ३७ करोड ६६ लाख रुपैयाँ संचिती रहेको थियो । सो अवधिसम्म सबै कम्पनीको जीवन बीमा कोष बढेको छ ।

जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै चुक्ता पुँजी रहेको छ । कम्पनीको हालको चुक्ता पुँजी ७ अर्ब १८ करोड रुपैयाँ रहेको छ।

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने लाइफ इन्योरेन् कर्पोरेशन (नेपाल)को चुक्ता पुँजी २ अर्ब २१ करोड रुपैयाँ रहेको छ।

यता पुरानो कम्पनी राष्ट्रिय बीमा संस्थानको भने १८ करोड १० लाख २० हजार रुपैयाँ मात्रै रहेको छ । बीमा समितिको प्रावधान अनुसार जीवन बीमा कम्पनीहरुको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुराउनुपर्नेछ ।

जगेडा कोषको आधारमा मेट लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता कायम गरेको छ। कम्पनीको जगेडा कोषमा २ अर्ब ६७ करोड रुपैयाँ रकम संचित रहेको छ। त्यसैगरी, दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीको १ अर्ब १२ करोड रुपैयाँ रकम संचित रहेको छ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको  ८२ करोड ३२ लाख रुपैयाँ रकम जगेडा कोषमा संचित रहेको छ।

त्यसैगरी, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी (ईपिएस) राष्ट्रिय बीमा संस्थानको रहेको छ ।  कम्पनीको ईपिएस ३५ रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै दोस्रोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १९ रुपैयाँ ३८ पैसा र तेस्रोमा सूर्या लाइफ इन्स्योरेन्सको १७ रुपैयाँ १५ पैसा रहेको छ । सो अवधिसम्म सबैभन्दा कम ईपिएस रिलायन्स लाइफ इन्स्योरेन्सको रहेको छ । कम्पनीको ईपिएस ४ रुपैयाँ १८ पैसा मात्र रहेको छ ।

60acbd27d75b4.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।