Like us!
Follow us!

सिद्धार्थ इक्वीटी फण्डको न्याभ घट्याे, सूचीकृत कम्पनीमा लगानी बढ्यो

सिद्धार्थ इक्वीटी फण्डको न्याभ घट्याे,  सूचीकृत कम्पनीमा लगानी बढ्यो

लगानी खबर, काठमाडौं - सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले २०७८ साल वैशाख मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

वैशाख मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ)  १६ रुपैयाँ ७५ पैसामा सीमित भएको छ । उक्त मूल्य चैत्र मसान्तकाे तुलनामा २४ पैसाले घटेकाे हाे । चैत्र मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १६ रुपैयाँ ९९ पैसा रहेकाे थियो ।

त्यसैगरी, वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी १ अर्ब ६१ करोड १८ लाख ७६ हजार रूपैयाँ पुगेकाे छ । उक्त लगानी चैत्र मसान्तकाे तुलनामा ६.२० प्रतिशतले थाेरै हाे । चैत्र मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब ५१ करोड ४८ लाख ६३ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, सिद्धार्थ इक्वीटी फण्डले विभिन्न प्रकारका ६४ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै बैंकले एनआईसी एशिया बैंकको सेयरमा लगानी गरेको छ ।

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात ६१ करोड ५६ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ । उक्त  मौज्दात २५.२१ प्रतिशतले घटेकाे हाे । 

फण्डले सार्वजनिक गरेकाे वैशाख मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

60ac9bacc4743.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।