लगानी खबर, काठमाडौं - आज (मंगलबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ५ अंकले बढेर २८२८.०६ विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक १.१८ अंकले बढेर ५०९.६७ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ५२ वटा कम्पनीको ९ हजार एक सय ४६ कित्ता सेयर खरिदबिक्री हुँदा ६४ लाख ३८ हजार ९ सय ४६ रुपैयाँको कारोबार भएकाे छ ।
प्रिओपन सेसन कारोबारमा नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने ज्याेति लाइफ इन्स्याेरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । प्रिओपन सेसन कारोबारमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) काे सर्वाधिक काराेबार भएकाे छ ।
हिजाे साेमबार नेपाली सेयर बजारले नयाँ इतिहास कायम गरेकाे थियाे । साेमबार नेप्से सूचक र काराेबार रकम दुवैले नयाँ रेकर्ड बनाएका थिए । साेमबार नेप्से परिसूचक ३.०७ अंकले बढेर २८२३.०६ विन्दुमा पुगेको थियाे । सोमबार कूल २१६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २०२ कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ रुपैयाँ बराबरको कारोबार थियाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।