लगानी खबर, काठमाडौं - सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ले २०७८ साल वैशाख मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।
वैशाख मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्ति (न्याभ) घटेको छ । यो अवधिमा फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य १७ रुपैयाँ ०८ पैसा पुगेको छ । उक्त मूल्य चैत मसान्तकाे तुलनामा ०.२९ रुपैयाँले थोरै हाे । चैत मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १७ रुपैयाँ ३७ पैसा रहेकाे थियो ।
त्यसैगरी, वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी एक अर्ब ३२ करोड ४५ लाख २ हजार रुपैयाँ भन्दा धेरै पुगेकाे छ । उक्त लगानी चैत मसान्तकाे तुलनामा ६ करोड ४७ लाख ५९ हजार रुपैयाँले धेरै हाे । चैत मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा एक अर्ब २५ करोड ९७ लाख ४३ हजार रुपैयाँ लगानी गरेकाे थियाे । त्यस्तै, फण्डले विभिन्न प्रकारका ५६ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।
फण्डले सार्वजनिक गरेकाे वैशाख मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।