लगानी खबर, काठमाडौं - नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकामा बैंकहरुले प्रदान गरिरहेको बैंकिङ सेवालाई सीमित बनाउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था नियमन शाखाले कोरोनाको प्रभाव कम भएपछि बैंक तथा वित्तिय संस्थाहरुलाई कोरोनाको क्षती न्यूनिकरणका लागि यस्तो निर्देशन दिएको जनाएको छ ।
अब काठमाडौं उपत्यकामा जारी हुने निषेधाज्ञा भर 'क बर्ग'का बैंकहरुका कामांडौ जिल्लाभरमा ३ वटा शाखा,ललितपुर जिल्लाभर २ वटा शाखा र भक्तपुर जिल्लाभर १ वटा शाखा गरि उपत्यकामा १ दिनमा बैंकहरुले जम्मा ६ वटा शाखा कार्यलयहरुबाट मात्र सेवा प्रवाह गर्न पाउनेछन् ।
त्यस्तै ख बर्गका विकास बैंकहरुले काठमाडौं जिल्लाभरमा २ वटा शाखा,ललितपुर जिल्लाभर २ वटा शाखा र भक्तपुर जिल्लाभर १ वटा शाखा गरि उपत्यकामा १ दिनमा बैंकहरुले जम्मा ६ वटा शाखा कार्यलयहरुबाट मात्र र ग बर्गका वित्त कम्पनीहरुले काठमाडौं जिल्लाभरमा १ वटा शाखा,ललितपुर जिल्लाभर १ वटा शाखा र भक्तपुर जिल्लाभर १ वटा शाखा गरि उपत्यकामा १ दिनमा बैंकहरुले जम्मा ६ वटा शाखा कार्यलयहरुबाट मात्र सेवा प्रवाह गर्न पाउनेछन ।
बन्द रहेका बैंकका शाखाले सेवाग्राहीलाई अत्यावश्यक पर्दा वैकल्पिक उपाय लगाएर भए पनि सेवा दिनुपर्नेछ । त्यसरी सेवा बन्द रहेका बैंकका शाखाको सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा, शाखा खुल्ला रहने समयसम्बन्धी सूचना दैनिक रुपमा प्रकाशन गर्नु निर्देशन दिईएको छ।
राष्ट्र बैंकले सञ्चालन हुने शाखाको संख्या घटाएपनि कन्द्रिय कार्यलयबाट प्रवाहुने अत्यावश्यक सेवाहरु भने सबै बैंक तथा वित्तिय संस्थाहरुबाट जारी रहने जनाएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।