लगानी खबर, काठमाडौं - एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २६ औं वार्षिक साधारण सभा आज (जेठ १० गते, साेमबार) कम्पनीकाे प्रधान कार्यालय, हात्तिसार, काठमाडौंमा भिडियो कन्फरेन्सको माध्यमबाट सम्पन्न भएकाे छ ।
सभामा कम्पनीका सञ्चालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तव्य राखेका थिए ।
कम्पनीको २६ औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतको दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांश पारीत गरेको छ ।
त्यसैगरी, सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिएकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।