लगानी खबर, काठमाडौं - आज (सोमबार) सेयर बजारले ऐतिहासिक रेकर्ड राखेको छ । नेप्से परिसूचक र कारोबार रकम दुवैले नयाँ रेकर्ड राखेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३.०७ अंकले बढेर २८२३.०६ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकको यो बिन्दु बजार बन्द हुँदाको यो बिन्दु नै सर्वाधिक उच्च बिन्दु हो । आज नेप्से परिसूचक ०.११ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ पनि परिसूचक १.३१ अंकले बढेर ५०८.४९ बिन्दुमा पुगेको छ ।
सोमबार कूल २१६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २०२ कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार रकमले पनि ऐतिहासिक रेकर्ड राखेको छ ।
बजारमा ऐतिहासिक रेकर्ड बन्दा आज हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले हिजो आइतबार मात्रै १:१ अर्थात् १ बारबार १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । हकप्रद निष्काशनको अनुमति पाएसँगै कम्पनीको कारोबारसँगै सेयरमूल्यमा उछाल आएको हो । कम्पनीले एक अर्ब २६ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य ७.१० प्रतिशतले बढेर ५ सय ८८रुपैयाँ पुगेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्काशनको अनुमति पाएको हो ।
त्यसैगरी, नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि सर्वाधिक कारोबार गरेको छ । कम्पनीले ३७ करोड ३३ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार गरेको हो । कम्पनीको सेयरमूल्य एक हजार ७३७ कायम भएको छ । कम्पनीले आज मात्रै लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे ।
सधैंजसो सर्वाधिक कारोबारको अग्रस्थानमा रहने नेपाल पुनर्बीमा कम्पनी आज सर्वाधिक कारोबारको तेस्रो स्थानमा रहेको छ । कम्पनीले सोमबार २८ करोड २० लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य एक हजार ६५५ रुपैयाँ कायम भएको छ ।
यता, आईएमई जनरल इन्स्योरेन्स कम्पनीले २५ करोड ७० लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको सेयरमूल्य एक हजार ३९८ रुपैयाँ कायम भएको छ ।
त्यस्तै सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २४ करोड ८१ लाख ९२ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीको अन्तिम कारोबार मूल्य ९ सय ९८ रुपैयाँ कायम भएको छ ।
सिभिल बैंक लिमिटेडले २४ करोड १४ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ भने, कुमारी बैंक लिमिटेडले २१ करोड ९८ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । यी २ कम्पनीको सेयरमूल्य क्रमशः २ सय ७३ रुपैयाँ र ३ सय ४४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, ज्योति विकास बैंक लिमिटेडले २० करोड ९८ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ भने नेपाल बंगलादेश बैंक लिमिटेडले २० करोड ८६ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । यी २ कम्पनीको सेयरमूल्य क्रमशः ३ सय २६ रुपैयाँ र ३ सय ४९२ रुपैयाँ कायम भएको छ ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २० करोड ७७ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ कम्पनीको सेयरमूल्य ३ सय ९० रुपैयाँ कायम भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।