Like us!
Follow us!

राष्ट्र बैंकले २७ अर्ब २० करोडको ट्रेजरी बिक्री गर्दै, आजै बोलकबोल

राष्ट्र बैंकले २७ अर्ब २० करोडको ट्रेजरी बिक्री गर्दै, आजै बोलकबोल

लगानी खबर, काठमाडौं - नेपाल राष्ट्र बैंकले २७ अर्ब २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले २८ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल असार ८ गते परिपक्क हुनेछ । बैंकले ९१ दिनकाे अवधिकाे लागि २ अर्ब २३ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल भदाै ८ गते परिपक्क हुनेछ । बैंकले १८२ दिनकाे अवधिकाे लागि १२ अर्ब ४७ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल मंसिर ७ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनकाे अवधिकाे लागि ७ अर्ब ५० कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७९ साल जेठ १० गते परिपक्क हुनेछ । 

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज (जेठ १० गते, सोमबार) दिउँसो ३ बजे बोलकबाेल भएर भाेलि (जेठ ११ गते, मंगलबार) बिक्री हुनेछ ।

ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

60ab4449642ab.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।