लगानी खबर, काठमाडौँ - नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।
कम्पनी हिजाे (जेठ ९ गते, आइतबार) बसेकाे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे ।
उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
हाल कम्पनीकाे चुक्ता पूँजी एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ र जगेडा कोषमा ६८ करोड २३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ५९ पैसा छ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।