Like us!
Follow us!

१००% हकप्रद निष्कासन गर्न एचआईडीसीएललाई बोर्डको अनुमति

१००% हकप्रद निष्कासन गर्न एचआईडीसीएललाई बोर्डको अनुमति

लगानी खबर, काठमाडौं - हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) बाट अनुमति पाएकाे छ । 

कम्पनीले १:१ अर्थात् १ बारबार १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न चैत्र १२ गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकोमा सेबाेनबाट आज (जेठ ९ गते, आइतबार)  अनुमति पाएकाे हाे । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद निष्कासनको अनुमति पाएको हो ।

कम्पनीले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ६३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले जलविद्युत आयोजनाहरुमा ३५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको छ । यस कम्पनीकाे चुक्ता पुँजी १६ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १६ पैसा  र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५५ पैसा रहेको छ ।

हाल दाेश्राे बजारमा यस कम्पनीकाे सेयरमूल्य ५ सय ४१ रूपैयाँ रहेकाे छ ।

 

60aa4a60ab5e4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।