Like us!
Follow us!

नेप्से सर्वाधिक उच्च विन्दुमा पुग्दा पनि यी कम्पनीका लगानीकर्ता निराश

नेप्से सर्वाधिक उच्च विन्दुमा पुग्दा पनि यी कम्पनीका लगानीकर्ता निराश

लगानी खबर, काठमाडौँ - आइतबार पनि नेप्से सूचक सर्वाधिक उच्च विन्दुमा पुगेकाे छ । यसअघि गत मंगलबार सेयर बजार २७९३ दशमलव ८९ विन्दुमा पुगी अलटाइम हाइ रेकर्ड बनाएकाेमा नेप्सेले आज साेही विन्दुलाई ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे । आइतबार सेयर बजार २८२० विन्दुमा पुगेकाे छ । 

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३२.८१ अंकले बढेर २८२० मा पुगेकाे छ । नेप्से १.१८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.२३ अंकले बढेर ५०७.२० मा पुगेको छ । कूल २२० वटा कम्पनीकाे २ कराेड ४७ लाख ३९ हजार एक सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ४९ करोड १४ लाख ६७ हजार ४ सय ५९ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

आइतबार रूरू जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे मूल्य ३.७३ प्रतिशतले घटेर एक हजार ८३ रूपैयाँमा झरेकाे छ । नेप्सेमा काराेबार सुरूभएदेखि लगातार बढ्दै गइरहेकाे यस कम्पनीकाे सेयरमूल्य गत बिहीबारबाट घट्न सुरू गरेकाे हाे ।

आइतबार सबैभन्दा धेरै गुमाउने दाेश्राे सूचीमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ । संस्थाको मूल्य ३.६८ प्रतिशतले घटेर एक हजार ८ सय ७ रूपैयाँमा झरेकाे छ । 

आज सबैभन्दा धेरै गुमाउने तेश्राे सूचीमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक सेयरका लगानीकर्ता रहेका छन् । कम्पनीकाे सेयरमूल्य २.५० प्रतिशतले घटेर १६ हजार २ सय ५० रूपैयाँमा झरेकाे छ ।

गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य २.३७ प्रतिशतले घटेर २ हजार एक सय ४ रूपैयाँमा झरेकाे छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य २.१७ प्रतिशतले घटेर एक हजार ७ सय ६० रूपैयाँमा झरेकाे छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकको १०.५ प्रतिशत डिबेन्चर २०८२ काे मूल्य १.९३ प्रतिशतले घटेर एक हजार एक सय १८ रूपैयाँमा झरेकाे छ । सोल्टी होटलकाे सेयरमूल्य १.८३ प्रतिशतले घटेर २ सय १५ रूपैयाँमा झरेकाे छ ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १.६५ प्रतिशतले घटेर एक हजार ५ सय ५१ रूपैयाँमा झरेकाे छ । युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य १.६३ प्रतिशतले घटेर २० हजार एक सय ५० रूपैयाँमा झरेकाे छ । तारागाउँ रिजेन्सीकाे सेयरमूल्य १.५१ प्रतिशतले घटेर ३ सय २७ रूपैयाँमा झरेकाे छ ।

60aa3ad38f08b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।