Like us!
Follow us!

नेप्सेमा २२ अङ्कको वृद्धि

नेप्सेमा २२ अङ्कको वृद्धि

लगानीखबर, काठमाडौं–  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि  उल्लेख्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २२.३१  अङ्कले बढेर एक हजार ४८४.९९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक  २.०५ ले वृद्धि भई २९८.३५ मा पुगेको छ ।

कूल १८९ कम्पनीको  ७७ लाख ६३ हजार ५६ कित्ता शेयर रु ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार १ सय २५ मा कारोबार भए ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयरमा भने वृद्धि भएको छ । 

स्टकका अनुसार कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु २८ करोड  ७४ लाख ५७ हजार २२८ बराबरको कारोबार भएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।