लगानी खबर, काठमाडौँ - साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) नेपाली सेयर बजारले नयाँ इतिहास कायम गरेकाे छ । यसअघि गत मंगलबार सेयर बजार २७९३ दशमलव ८९ विन्दुमा पुगी अलटाइम हाइ रेकर्ड बनाएकाेमा नेप्सेले आज साेही विन्दुलाई ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे । आइतबार सेयर बजार २८२० विन्दुमा पुगेकाे छ । याे बन्द हुँदाकाे हालसम्म कै उच्च विन्दु हाे ।
नेप्से सूचकका साथसाथै काराेबार रकममा पनि उछाल देखिएकाे छ । सेयर बजारमा सकारात्मक माहाेल देखिँदा लगानीकर्ताहरू पनि आकर्षित छन् । देशभर फैलिरहेकाे काेराेना भाइरसकाे संक्रमण न्यूनिकरण गर्न नेपाल सरकारले निशेधाज्ञा लागू गरेकाे छ । साेही कारण लगानीका अन्य क्षेत्रहरू ठप्प छन् । साेही कारण पनि सेयर बजार लगातार उकालाे लाग्न मद्दत पुगेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३२.८१ अंकले बढेर २८२० मा पुगेकाे छ । नेप्से १.१८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.२३ अंकले बढेर ५०७.२० मा पुगेको छ ।
कूल २२० वटा कम्पनीकाे २ कराेड ४७ लाख ३९ हजार एक सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ४९ करोड १४ लाख ६७ हजार ४ सय ५९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे सेयर घटेकाे छ ।
त्यसैगरी, आइतबार काराेबार रकमकाे आधारमा नेपाल पूनर्बीमा कम्पनी लिमिटेडले अग्रता कायम गरेकाे छ । आइतबार २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेको हो । त्यसैगरी, अन्य एक दर्जन कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेड , गुडविल फाइनान्स कम्पनी लिमिटेड, बेष्ट फाइनान्स कम्पनी लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, आइसीएफसी फाइनान्स कम्पनी लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, युनाइटेड इदी मर्दी हाइड्राे लगायतकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे हाे । यस दिन समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, रूरू जलविद्युत परियाेजना लगायतका शेयरधनीहरूले सर्वाधिक गुमाएका छन् ।
हेराैं आजकाे सेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।