Like us!
Follow us!

नेप्से अपडेट : २ कम्पनीको सेयरमा सकारात्मक सर्किट, ८ कम्पनीको कारोबार सर्किट लेभलमा

नेप्से अपडेट : २ कम्पनीको सेयरमा सकारात्मक सर्किट, ८ कम्पनीको कारोबार सर्किट लेभलमा

लगानी खबर, काठमाडौं - यस साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आइतबार ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेको हो । त्यसैगरी,  अन्य ८ वटा कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ ।

आइतबार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेड , गुडविल फाइनान्स कम्पनी लिमिटेड, बेष्ट फाइनान्स कम्पनी लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, आइसीएफसी फाइनान्स कम्पनी लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड र युनाइटेड इदी मर्दी हाइड्राेकाे सेयर पनि सकारात्मक सर्किट लेभलमा काराेबार भइरहेकाे छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २४.६९ अंकले बढेर २८११.८८ विन्दुमा पुगेकाे छ ।

60aa15ef82b4c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।