Like us!
Follow us!

प्रभु सेलेक्ट फण्डमा आवेदन दिने अन्तिम मौका आज

प्रभु सेलेक्ट फण्डमा आवेदन दिने अन्तिम मौका आज

लगानी खबर, काठमाडौं - प्रभु क्यापिटल लिमिटेडले जेठ ५ गते, बुधबार देखि बिक्रीमा ल्याएको प्रभु सेलेक्ट फण्ड नामक सामुहिक लगानी कोषमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

शुक्रबारसम्ममा मागभन्दा १.५३ गुणा धेरै इकाईका लागि आवेदन परिसकेको क्यापिटलले जनाएको छ । तेश्रो दिनसम्ममा ५६ हजार ३ सय १२ जना आवेदकबाट १ अर्ब ३० करोड ६२ लाख ६ हजार रुपैयाँ बराबरको १३ करोड ६ लाख २० हजार ६ सय ईकाइका लागि आवेदन परेको हो  ।

क्यापिटलले १० रुपैयाँ अंकित मूल्यको १ अर्ब रकम बराबरको १० करोड इकाईहरु निष्काशन गरेको हो । जसमध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंक र प्रभु क्यापिटलले कोषको ट्रष्टि एवं व्यवस्थापकको रुपमा खरिद गर्नेछन्, भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुलाई छुट्याइएको छ । ७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो ।

लगानीकर्ताले यस फण्डमा छिटोमा ९ गते र र ढिलोमा जेठ १५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था थियो तर कम्पनीको म्युचुअल फण्डमा छिटो अवधिमै माग भन्दा बढी आवेदन परेकाले आजबाट उक्त इकाई बिक्री बन्द हुनेछ । आवेदकले न्युनतम १ सय इकाईदेखि अधिकतम ८ करोड ५० लाख इकाईको लागि आवेदन दिन सक्नेछन् । 

उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् । इक्रा नेपालले यो योजनालाई एएमसी ३ रेटिङ प्रदान गरेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।