लगानी खबर, काठमाडौँ - नेपाल राष्ट्र बैंक लिमिटेडले ६४ कराेड ६२ लाख रुपैयाँ भन्दा धेरै रकम मुद्दती तथा क निक्षेपमा लगानी गर्ने भएकाे छ । बैंकले नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट सञ्चालित विभिन्न आयाेजनाहरूकाे रहेको उक्त रकम मुद्दती तथा कल निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ ।
बैंकले ५१ कराेड ४४ लाख ६२ हजार ९ सय ६० रूपैयाँ बराबरकाे रकम १ वर्षकाे मुद्दती निक्षेपमा र १३ कराेड १८ लाख ९६ हजार ७ सय ४० रूपैयाँ कल निक्षेपमा लगानी गर्न लागेको हो ।
तलकाे सूचनामा उल्लेखि शर्त बमाेजिम बैंक तथा वित्तीय संस्थाले जेठ ११ गते, बेलुका ४ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।
मुद्दती निक्षेपकाे बारेमा सम्पूर्ण विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।